कुमारी बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
११ श्रावण २०८०, बिहीबार १०:४९
काठमाडौं । कुमारी बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै टेक्निकल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।
बैंकले खुलाएको सो रोजगारीको अवसरमा आवेदन दिनको लागि उम्मेद्वारल स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि र क्षमतावान उम्मेद्वारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।
इच्छुक उम्मेद्वारले बैंकको वेबसाईट https://www.kumaribank.com/career/apply-now/technical-analyst-contract मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।