एलआइसी नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

१० श्रावण २०८०, बुधबार १५:५३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दाङ शाखाले बीमित होम नारायण चौधरीको बीमा दावी रकम भुक्तानी गरेको हो ।

दाङ जिल्ला लमही नगरपालिकाको देउपुर ०६ घर भएका बीमितले १ लाखको सावधिक जीवन बीमा योजना गरेका थिए । उनको कालगतीले मृत्यु पश्चात उनको श्रीमती साबित्री कुमारी चौधरीलाई उनकै निवासमा गएर दावी वापतको १ लाख ८७ हजार ३ सय रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले मृतकको आत्माको चिर शान्तिको कामनाका साथ परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस कामना गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*