भोलिदेखि कारोबार शुभारम्भ गर्दै क्रेष्ट माइक्रो लाइफ, सिईओ भन्छन्ः ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न आएका हैनौँ, सबैलाई बीमाको दायरमा समेट्न आएका हौँ
काठमाडौं । जीवन लघु बीमा व्यवसाय गर्न छनोट भएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भई भोलिदेखि कारोबार शुभारम्भ गर्दैछ ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो । कम्पनीको केन्द्रिय कार्यालय कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा रहेको छ।
नेपाल बीमा प्राधिकरणले स्वकिृती दिएको टर्म पोलिसीबाट कम्पनीले एकिृकत कारोबार शुभारम्भ गर्न लागेको कम्पनीका सिईओ प्रतापमान श्रेष्ठले बताएका छन् । भोलिबाट माईक्रो ट्रम पोलिसी जारी गरेर न्यून आय भएका सबैलाई समेट्न सुर्खेतबाट कारोबार शुभारम्भ गर्दैछ।
कारोबार सञ्चालन गरेपश्चात क्रेयट माइक्रो लाइफ इन्स्योरेन्स जीवन लघुबीमा क्षेत्रकै दोस्रो कम्पनी हुनेछ । तर, लघु बीमाको क्षेत्रमा भने तेस्रो कम्पनी हो । लघु बीमा व्यवसाय सञ्चालन गर्न लाइसेन्स पाएका ७ कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले यसअघि नै व्यवसायिक कारोबार शुरु गरिसकेको छ ।
लघुबीमा क्षेत्रमा अवसर र चुनौती दुबै रहेको सिईओ प्रतापमान श्रेष्ठ बताउँछन् । हामी ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न आउन लागेका हैन, न्यून आय भएका वर्गहरुलाई समेट्ने हिसाबले आएका हौ । बीमाको दायरा थप विस्तार हुनेमा थप विस्वस्त वातावरण सिर्जना गर्छौ, उनले भने ।,
‘बीमामा ठूला कम्पनीहरु छन्, हामी माइक्रो भर्खर शुरुवाती चरणमा छौं, यसमा चुनौती छ, तर ठूला कम्पनीहरुले सबै कभर गर्न सकेका छैनन् त्यसैले यो क्षेत्रमा अवसर पनि छ,’ उनले भने ।
लघुबीमाको क्षेत्रमा राम्रो बजार रहेकाले ठूला कम्पनीले गर्न नसकेको विजनेश गर्न सकिने सम्भावना देखिएको उनकोे भनाई छ ।