श्रमिकको साथी श्रमिक नै हुनुपर्छ,म जीतको नजिक छु– महासचिव पदका उम्मेदवार सन्तोष खड्का
काठमाडौं । गैर आवासिय नेपाली संघ रअन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिदै छ । निर्वाचनमा उम्मेदवारी दिदै विभिन्न आकांक्षीहरुले आफुले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफुरहेको दावी गरेका छन् । रामेछापमा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया ,नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ सस्थाहरुका सल्लाहाकार समेत रहेका छन् । कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन् ।
‘मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत बिभिन्न देशहरूमा ’मोटिभेसनल’ वक्ताको रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्या बारिधी अध्ययनरत छन् ।
विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन् । आफु विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै एनआरुएनए विद्यार्थी र श्रमिक मैत्री हुने बताए ।