दुई करोडसम्मको घर किन्दा धितोको ७० प्रतिशत बैंकबाट कर्जा पाइने

७ श्रावण २०८०, आईतवार १४:११

काठमाडौ । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यसअघिको घर खरिद सीमालाई एक करोड ५० लाखको सीमाबाट बृद्धि गरी अब दुई करोड रुपैयाँसम्म पुर्याएको हो ।

नयाँ व्यवस्था अनुसार अब बैंकले तोकेको ब्याजदरमा पहिलो पटक घर खरिद गर्नेलाई जग्गा तथा घरको कूल मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋण दिनुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार पहिलो पटक घर खरिद गर्ने कर्मचारी तथा आम्दानी भएका व्यक्तिका लागि फाइदा पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*