सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्वारा बीमा दावी भुक्तानी

७ श्रावण २०८०, आईतवार १२:२१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमित केश बहादुर थापा मगरलाई घातक रोग बिरुद्धको १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले देवचुली ८ निवासी बीमित केश बहादुर थापा मगरले उक्त कम्पनीको कावासोती शाखाबाट १५ लाख रुपैयाँ घातक रोग बिरुद्धको बीमा दाबी प्राप्त गरेको कम्पनीले जनाएको छ । बीमित थापाले दुई वर्ष अधि सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाबाट १५ लाख बिमाङ्कको जीवन बीमा योजना खरिद गरेका थिए ।

उक्त जीवन बीमामा उनले कम्पनीले दिने एच्छिक सुबिधाको घातक रोग विरुद्धको बीमा पनि थप गरेको र अहिले प्यारालाइसिस भएर उपचार गराइ रहेको अवस्थामा कम्पनीले घातक रोग लागे बापत पाउने उपचार खर्च उपलब्ध गराएको शाखा प्रमुख जगत ढकालले जानकारी दिए ।

बीमित थापाकी श्रीमती निर्मला थापाका अनुसार आफुले श्रीमानको उपचारका निम्ति धेरै जना बाट ऋण लिएर उपचार गरेको र कमाउने ब्यक्ति बिरामी हुदा आर्थिक स्थिती दयनीय बनेको अवस्थामा बीमाबाट पैसा पाउँदा आफुलाइ भगवान नै आएर साथ दिएको आभास भएको कुरा बताईन् ।

उक्त दाबी भुक्तानी कावासोती शाखामा एजिन्सी म्यानेजर दामोदरी पौडेल, राजेन्द्र खत्री सहितको उपस्तिथिमा विमितको परिवारलाई चेक हस्तान्तरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*