एनआरएन यूके सहकोषाध्यक्षमा हेमकुमार गुरुङ निर्वाचित

७ श्रावण २०८०, आईतवार ११:२१

काठमाडौं । एनआरएन यूके निर्वाचनमा लोकप्रिय मत ल्याएर हेमकुमार गुरुङ सहकोषाध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न उक्त निर्वाचनमा सहकोषाध्यक्षमा पराजित सुमन शर्माले १ हजार ४३८ मत पाउदा उनका विपक्षी हेमकुमार गुरुङले १ हजार ८७५ मत पाएका छन् यो मत हालको एनआरएन यूके निर्वाचनको उम्मद्वारले पाएको सर्वाधिक मत पनि हो ।

उक्त निर्वाचनमा सर्वाधिक मतान्तर इंग्ल्याण्ड अध्यक्षमा उम्मेद्वारी दिएका शम्भुप्रसाद अर्याल र सन्तोषकुमार सुवेदीबीच देखिएको छ । विजयी अर्यालले १ हजार ५५५ मत पाउदा उनका प्रतिद्वन्दी सुवेदीले ८५८ मात्र मत प्राप्त गरेका छन् ।

सोही निर्वाचनमा सबैभन्दा कम मत उपाध्यक्षमा उम्मेद्वारी दिएका हेन्सन गौचनले ४२९ मतपरिणाम ल्याएर पराजित हुन पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*