हङकङ-काठमाडौंको सुन कनेक्सनको पर्दाफासः ३५ पटकमा दुई टन सुन तस्करी गरिएको आशंका, १५२ केजी हङ्कङमै रोकियो

७ श्रावण २०८०, आईतवार ११:१४

काठमाडौं । गत मंगलबार करिब मोटरसाइकल पार्टसमा मिलाएर ल्याएको सुन पक्राउ परे लगत्तै काठमाडौं-हङकङ सुन कनेक्सनभित्र अनेक पाटोहरुको पर्दाफास हुने क्रम जारी छ । यसै क्रममा नेपाल खवरका प्रधान सम्पादक पूर्ण बस्नेतले हङकङ-काठमाडौं सुन तस्करीको एक वर्ष लामो श्रृंखलाको पर्दाफास गरेका छन् ।

क्यारी अन ग्लोबल लजिष्टिकमार्फत विगत एक वर्षमा ३५ पटक गरी करिब चार टन शंकास्पद सामान हङकङबाट नेपाल पठाइएको र सो मध्ये दुई टन भन्दा बढि सुन तस्करी भएको फर्दाफास भएको छ । हङकङमै बस्दै आएका बस्नेतले आप्mनो अनलाइनमार्फत सार्वजनिक गरेको विवरण अनुसार क्यारी अन ग्लोबल लजिष्टिकबाट मात्रै उनीहरुले शंकास्पद तरिकाले ३५ पटक सुनहरु नेपाल ल्याएको भेटिएको छ ।

ति सुनहरु हात्तिगौडास्थित दोलखा इलेक्ट्रोनिक्स, भोटाहिटीमा रहेको रुविना ट्रेड इन्टरप्राइजेज लगायतका आधा दर्जन कम्पनीहरुको नाममा नेपालमा आयात भएको तथ्य खुलेको छ । ति सुनहरु विगत एक वर्षभन्दा लामो समयदेखि ३५ पटक गरी नेपाल आएका थिए । पछिल्लो पटक ३६ औं पटक नेपाल ल्याउँदै गर्दा ति सुनहरु राजश्व अनुसन्धान विभागका प्रमुख नबराज ढुंगानाको नेतृत्वको टोलीले पक्राउ गरेपछि बाहिर आएको हो ।

हालसम्म ३५ पटक सफलतापूर्वक ल्याइसकेको सुन यस पटक भने सुन तस्करहरु राजश्व विभागको फन्दामा परेका हुन् । विभिन्न कम्पनी र ठेगानामा ल्याइएको भएपनि ति सुनहरु सबै एउटै व्यक्तिले व्यवस्थापन गर्ने गरेको तथ्य खुलेको छ । सुन प्रकरणमा तिब्बती मूलका भारतीय छिरिङलगायतका आधा दर्जनभन्दा बढि पक्राउ परिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*