सूर्य सिलवाल र अर्थमन्त्री डा. महतबीच गोप्य भेटवार्ता, विवादित व्यक्तिसँग अर्थमन्त्री डा. महतको गोप्य मन्त्रणा किन ?

६ श्रावण २०८०, शनिबार १०:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणका विवादित अध्यक्ष सुर्य प्रसाद सिलवाल र अर्थमन्त्री डा. प्रकाशशरण महतका बीचमा भेटवार्ता सम्पन्न भएको छ । हिजो विहान अर्थ मन्त्रालयमा दुई जनाबीच करिब आधा घण्टा गोप्य भेटवार्ता भएको हो । शुक्रबार विहान १०ः१५ बजे नै अर्थमन्त्रालयमा पुगेका सिलवालले केही बेर कुरेर मन्त्री डा. महतसँग गोप्य कोठामा छिरेर संवाद गरेका थिए ।

विवादित कार्य र फरक फरक जन्म मिति भएको सरकारी कागजात रहेको र नागरिकता समेत आफै गृह सचिव भएको बेला सच्याएको विश्वास गरिएका पूर्व गृह सचिव सिलवाललाई अर्थमन्त्री डा. महतले आफैले बिहिवार टेलिफोन गरेर भेट्न बोलाएका थिए । अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो पटक अर्थमन्त्री डा. महत र प्राधिकरणका अध्यक्ष सिलवालबीचको सम्बन्ध सहज र सामान्य छैन ।

प्राधिकरणका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा नियमन भन्दा पनि कमाउने धन्दा चलाएको भन्दै मन्त्री डा. महत आक्रोसित छन् ।
खराव आचरण भएका प्राधिकरणका अध्यक्ष सिलवाललाई अर्थमन्त्री महतले मन नपराए पनि विभागीय मन्त्री भएको नाताले भेटवार्ता गरेको अर्थमन्त्रालय स्रोतले स्वीकार गरेको छ ।

पछिल्लो पटक अर्थमन्त्रालयले यसअघि सुर्य सिलवालले गरेका केही विवादित कार्यहरु सच्याउन लिखित निर्देशन दिइसकेको छ । सोही पृष्ठभूमिमा अर्थमन्त्री डा. महतले प्राधिकरणका अध्यक्ष सिलवालसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता गोप्य भएकोले छलफलको विषय बाहिर आएको छैन । राजिनामा माग्ने तयारीमा रहेका अर्थमन्त्री आफैले विवादित व्यक्तिसँग गोप्य भेटवार्ता गरेपछि अर्थमन्त्रालयमा के हुँदैछ ? बीमा क्षेत्र चासोपूर्वक हेरिरहेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार छोटो भेटमा मन्त्रीले अध्यक्ष सिलवालको निणर्यमाथि अब्जेक्सन राखेको जनाइएको छ । उता, बीमा प्राधिकरण फर्कदा हसिलो मुद्रा फर्केकोले अध्यक्ष सिलवाल र अर्थमन्त्री डा. महतको लाइन मिलेको हो कि ? भन्ने आशंका समेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*