किसान र उद्योगीको समस्या हल गर्न दूग्ध विकास बोर्डको प्रयास

५ श्रावण २०८०, शुक्रबार १८:५१

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवालाहरुलाई बोलाई हाल दुग्ध क्षेत्रमा देखिएका विविध समस्याका विषयमा छलफल गरेको छ ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सह–सचिव डा. रामनन्दन तिवारी, पशु सेवा विभागबाट श्याम सुन्दर यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका कृष्ण प्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष शियाराम सिंह, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव लगायतका उपस्थिति थिए ।

छलफलमा बोर्डका उपकार्यकारी निर्देशक डा.बालक चौधरीले कार्यपत्र प्रस्तुत गरि वर्तमान समस्याका बारेमा सबैलाई जानकारी गराए । छिमेकी देश भारतबाट नेपालको सिमाबाट अवैध रुपमा दूध तथा दुग्ध पदार्थ आयात भएकाले समस्या माथि समस्या थपिएको कुरा देखियो । अहिले लम्की डिजिजको विषयमा राज्य गम्भीर हुनु पयो, दूधको उपभोग घटेको विषयमा राज्यले दुध सेवन गर्न आम जनतालाई सु–सूचित गर्नुप¥यो, धुलो दूध बनाएर राख्दा पूँजी फ्रिज हुने हुँदा सहज रुपमा राज्यले उद्योगलाई चालु उपलब्ध गराउन सक्ने हो भने समस्या समाधान गर्न सजिलो हुने छलफलमा उठेका थिए ।

हाल ४ लाख लिटर दूध बढी भएको तथ्याङ्क उद्योग र किसान दिएको तथ्याङ्कले देखाएको छ । बैठकमा राष्ट्रिय दुग्ध विकासको खारेजी गर्ने विषय सरकारको गलत कदम भएको ठहर गरेको थियो । अहिले यस्तो बेला बोर्ड खारेजीको चपेटामा परेपनि बोर्डले छलफल गरेको विषय अत्यन्तै राम्रो भएको र यसले थोरै भए पनि उद्योगी र किसानलाई मलमपट्टी पुगेको कुरामा सरोकारवाला सहभागीहरुले बोर्डलाई धन्यवाद दिएका थिए ।

दूध क्षेत्रमा देखिएको समस्याको विषयमा सबै एकजुट भई सम्बन्धित निकायमा लाग्नुपर्ने बताए ।

One thought on “किसान र उद्योगीको समस्या हल गर्न दूग्ध विकास बोर्डको प्रयास

  1. घनश्याम says:

    किसानलाई सबैले समयमा पैसा नदिने किसान को दुग्ध पनी नलिने दुग्ध बढेछ भनेर रेट पनी झरेको रहे छ भन्ने यसतै रहे छ नेपाल को किसान को दुर्भाग्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*