बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई दिनुपर्यो स्पष्टिकरण

४ श्रावण २०८०, बिहीबार १८:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिनु परेको छ। नियामक निकायले नै प्रभु इन्स्योरेनन्सको पत्र पत्रकारलाई सूचना दिएर चुहाएको कारण कम्पनीको आज शेयर कारोबार रोक्का भएको छ।

बीमा प्राधिकरणको आन्तरिक कार्यशैली नै उचित नभएको कारण प्राधिकरणको गल्तीको कारण यसअघि अन्य कम्पनीहरुले समेत स्पष्टिकरण दिनुपरेको थियो ।कम्पनीले भेञ्चर कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको बेला प्राधिकरणमा पेश गरेको पत्र चुहिएको कारण यो समस्या आएको हो । बीमा प्राधिकरणको यो व्यवस्थाको कारण बीमा कम्पनीहरु हैरान हुँदै आएका छन् ।

कम्पनीले आज हकप्रद शेयर निष्काशन सम्बन्धी विषयलाई थप स्पष्ट पारेको छ । कम्पनीले एक सुचना जारी गर्दै हकप्रद शेयर सम्बन्धी अन्योलता सिर्जना भएको भन्दै नेप्सेलाई थप स्पष्टिकरण दिएको छ। नेप्सेले भने हकप्रदको सूचना बाहिर निस्केको कारण हामीले ऐन अन्तर्गत कारवाही गरेको जानकारी दिएको छ ।

अजोड इन्स्योरेन्स कम्पनीसँग प्रथम चरणमा मर्जरको कुरा चलेपनि भाडिएपछि कम्पनीले भेञ्चर कम्पनीको पखाईमा बसेको थियो । हाल उक्त कम्पनीसँग छलफलको क्रममा रहेको छ।कम्पनीले संचालकसँगको निर्णय अनुसार भेञ्चर कम्पनीसँग जान नसके मात्र ६५ प्रतिशत हकप्रद जारी गर्ने पत्र पठाएको छ। प्रभु इन्स्योरेन्स कम्पनीले विदेशी भेन्चर ल्याउन नसकेको खण्डमा मात्रै हकप्रद शेयर जारी गर्ने जानकारी बीमा प्राधिकरणलाई गराएको हो । कम्पनीले विदेशी भेन्चर ल्याएको खण्डमा हकप्रदको विषय स्वतः अन्त्य हुनेछ । हाल प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने विषय दोस्रो प्राथमिकतामा राखेको र हकप्रद जारी गर्ने सम्बन्धमा अनुमति समेत नमागेको अवस्थामा बीमा प्राधिकरणबाटै सूचना चुहिएपछि नेप्से, बीमा कम्पनी दुवैलाई अप्ठेरो परेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*