भागेर भारत पुगेका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेत दिल्लीबाट पक्राउ

३ श्रावण २०८०, बुधबार २३:००

काठमाडौं । चर्चित बालुवाटार काण्डको जग्गा काण्डमा पक्राउ पर्ने डरले यही असार १२ गते दिल्ली भागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त दीप बस्न्यात पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । बीमापोष्टलाई प्राप्त समाचारमा दिप बस्नेतलाई नयाँ दिल्लीमै पुगेर नेपाल प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अदालतबाट पक्राउ पूर्जी जारी गर्नु अघि नै असार १२ गते विहान ९ः५६ बजे एयर इण्डियाको उडान नम्बर २१४ मार्फत उपचार गर्ने भन्दै दिल्ली भागेका थिए । उनलाई दिल्लीमै पुगेर प्रहरीले नेपाल फर्काउन लागेको हो ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगका वर्तमान प्रमुख आयुक्त प्रेम राई समेत विवादमा तानिएका छन् । राई समेत कुनै पनि बेला पक्राउ पर्न सक्ने सम्भावना बलियो बन्दै गएको छ । स्रोतका अनुसार प्रेम राईले आफू पक्राउ नपर्न राजनीतिक लविङ सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*