नागरिक लगानी कोषको सचालकमा नेशनल लाइफका सिईओ खत्री निर्वाचित
३ श्रावण २०८०, बुधबार १३:३३
काठमाडौं । नागरिक लगानी कोषको सचालकमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाले सीईखो खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।
उनी आगामी तीन वर्षसम्म कोषको सञ्चालकको रुपमा चयन भएका हुन् ।