एलआईसी नेपालले खुलायो रोजगारीको अवसर, आवेदन दिन शुक्रबार अन्तिम दिन
३ श्रावण २०८०, बुधबार ११:५४
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने शुक्रबार (साउन ५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट पदमा १० जना गरी कुल २० जना कर्मचारी माग गरेको छ । कम्पनीले अनुभवी, क्षमतावात तथा नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले साउन ५ गते कार्यालय समयभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।