शुभ सन्देश बहुउद्देश्यीय सहकारीले खुलायो रोजगारको अवसर, क–कस्ले दिन पाउने आवेदन?
२ श्रावण २०८०, मंगलवार ११:०१
काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ जना कर्मचारी माग गरेको छ ।
संस्थाले सहायक कर्जा अधिकृत, टेलर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक नेपालीले शैक्षिक योग्यता, अनुभव प्रमाण पत्र, नागरिकताको प्रतिलिपि साथै आफ्नो बायोडाटा र एए साइजको २ प्रति फोटो लिएर सूचना प्रकाशित मिति (साउन ) ले १५ दिनभित्र आवेदन दिन सकिने छ ।
मोटरसाईकल चालक अनुमति पत्र भएको र स्थानीयलाई विशेष प्राथमिकतामा राखिने संस्थाले जनाएको छ । कम्पनीको तलव सुविधा भने संस्थाको नियमानुसार हुने सूचनामा उल्लेख गरिएको छ ।