प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन

२ श्रावण २०८०, मंगलवार १०:२७

काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समिति गठन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् ।

साथै, संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।

कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले  सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*