रैथाने कृषिको माध्यमबाट आर्थिक क्रान्तिको सम्भव छः बालकृष्ण जोशी

१ श्रावण २०८०, सोमबार १८:०१

काठमाडौं । रैथाने एग्री प्रोडक्ट नेपालको आयोजनामा दरवारमार्गस्थित ओरिन्ट क्याफेमा रैथाने कृषि वस्तु झल्कने गरि हाटबजार लाग्न शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशका सभासद दिनेशचन्द्र देवकोटाले रैथाने कृषि, राष्ट्रियता, खाद्य सुरक्षा र खाद्य सम्प्रभुक्तासँग जोडिएको बिषय भएको बताए । रैथाने कृषिको मौलिकता, महत्व राष्ट्रिय महत्वको विषय हो । आज परम्परागत बालीको बारे नेपाल सरकारले प्राथमिकता दिएको छ । देवकोटाले रैथाने खेतीलाई ७५३ वटै पालिकाहरुमा विशेष कार्यक्रमको रुपमा लान जरुरी रहेको बताए । हाट बजारले सम्भ्रान्त वर्गको समेत मोटिभेशन गर्छ । कृषि संस्कृतिको निर्माण गर्न सकेन भने कृषि क्षेत्रको विकास हुन सक्दैन । सहकारी र उपभोक्ता विचौलियाका कारण माथि उठ्न नसकेको बताए ।

आनुवांशिक स्रोत केन्द्र (जिन बैंक)का प्रमुख बालकृष्ण जोशीले रैथाने बालीलाई सम्मान दिन नसकेको अवस्थामा सम्मान दिनुपर्छ भनेर गरेको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताए । नेपालको कृषि इतिहासलाई हेर्ने हो भने हेला गरिएको हो । सुपर मार्केटमा ९० प्रतिशत विदेशी वस्तुहरु हालीमुहाली भएको बताउँदै त्यस्तो अवस्था आउनुमा दुःखको कुरा भएको बताए । नेपालमा आर्थिक क्रान्ति जरुरी छ । आर्थिक क्रान्ति हुन्छ बढी उत्पादनमा जोडदिनु पर्छ । सिधै किसान र उपभोक्तालाई जोड्ने माध्यम रैथाने कृषि हुनुपर्छ । कालन्तरमा दूरी बढेकोले उपभोक्ताले फाइदा लिन सकेन । स्वास्थ्यको कारण सँधै हस्पितलतिर जानु पर्ने अवस्था आएकोले कम्तिमा पनि हप्तामा एकपटक रैथाने वस्तुको हाटबजारको व्यवस्थापन भयो भने रैथाने सम्मान पाउन देश आर्थिक रुपमा अगाडि बढ्ने बताए । साथै स्वास्थ्य रहने बताए ।

जैविकविविधता बोकेको बाली मध्ये कृषि बाली हराएको छ । संयौं वर्षसम्म हराएर नजाने सदाको लागि सँधैको लागि रैथाने प्रकृतिसँग जोडिएको स्थानीय उत्पादन रैथाने, स्थानीय उपज उत्पादन भएको हो । स्थानीय जात माथि राणाहरुले विदेशीकरण गरेको छ । रैथाने बालीको प्रवद्र्धन मार्फत अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरि गर्न सकिन्छ । मौलिक रैथाने उपज भएको हाट बजारमा राखिएको वस्तुलाई लेवल गर्दा पहिचान गराउन सजिलो हुन्छ ।

बुढानिल्कठण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले रैथाने बालीको उत्पादन र प्रवद्र्धन गर्न स्पेस पाउनु पर्छ भनेर लड्नु पर्छ । पुर्खाले चलाएको चलनमा फेरि नयाँ भएर आएको छ । पुजा गर्दा पनि सालको टपरी उनेर पुर्खाले आर्जेको समानहरु हराउनु हुँदैन । बुढानिल्कण्ठ नगरपालिकाले रैथाने खेतीको प्रवद्र्धन कार्यक्रम नै राखेको छ । हामी नेपाली हुन् भन्ने सबै तहमा भड्किलोपनले ढाकिएको छ । चोटपटक लाग्दा वनमारा झारको प्रयोग हुन्थ्यो ।

यो धानलाई हेर्नु के सुनको भन्दा कम छ ? संज्ञा दिएको छु । सुन फलाउने जमीनमा घर बनेको छ । अहिले कौशीखेती गर्नुपर्छ भनेर कौशी कार्यक्रम गरेका छौं । गोलभेडा प्रेसर कुकुरमा राखेर पकाउँदा समेत पाक्दैन । रैथाने प्रोडक्टका अध्यक्ष तिलक ढकालले मौैलिक संस्कृतिमा आधारित हाटबजारको व्यवस्थापन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै रैथाने वस्तुलाई प्रवद्र्धन गर्न खोजेका छौ भने ।

२ वर्षसम्म हरेक शनिवार ६ बजे देखि १२ बजेसम्म यो हाट बजार रहने आयोजकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*