मन्त्री रिजालद्धारा पोखरामा १० हजार किलो लिटरको डिजेल डिपोको उद्घाटन

१ श्रावण २०८०, सोमबार १६:५४

काठमाडौं । नेपाल आयल नगिम लमिटिेड पोखरा भण्डारण गृह नर्मिाण परियोजना अन्तर्गत आयल नगिम नवनर्मिति १०,००० किलो लिटरको डजिेल भण्डारण गृह बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रजिालबाट सम्पन्न भएको छ । निगमले सो क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन नयाँ डिजेल भण्डारण केन्द्र स्थापना गरेको हो ।

आज पोखरामा आयोजित कार्यक्रमका बीच मन्त्री रिजालले नयाँ इन्धन डिपोको उद्घाटन गरेका हुन् । आपूर्ति मन्त्री रिजाल यतिबेला इन्धनको आपूर्ति सहज बनाउने उद्देश्यले निर्माण गरिएको नयाँ इन्धन डिपोको उद्घाटन गरेका हुन् । हिजो निगमलाई स्वचालित मूल्य लागू गर्न निर्देशन दिएका मन्त्री रिजालले आज पोखरा पुगेर इन्धन डिपोको उद्घाटन गरेका हुन् । २०५८ सालपछि नेपाल आयल निगमले नयाँ इन्धन डिपो पहिलो पटक निर्माण गरेको हो ।

पोखरामा निर्माण गरिएको डिजेल इन्धन डिपोले यस क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउन भूमिका खेल्ने मन्त्री रिजालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*