नेपाल वायुसेवा निगमद्वारा ८३ करोड ५५ लाख बढी रुपैयाँ ऋण भुक्तानी

१ श्रावण २०८०, सोमबार १५:५७

काठमाडौं । नेपाल वायुसेवा निगमले असार मसान्तमा ८३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

वायुसेवा निगमले आज एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ताबापत असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ८३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो ।

निगमले यस अघि २०७९ साल आषार देखि चैत्र सम्ममा २ अर्व ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*