युनाइटेड अजोड इन्स्योरेन्सको शेयर आजदेखि कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?
१ श्रावण २०८०, सोमबार ०९:५६
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर मर्ज पश्चात आजदेखि कारोबारमा आउदै छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेमा साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता पूँजी १ सय रुपैयाँको दरले शेयर सूचीकृत भएको हो ।
नेप्सेले दुबै कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का गरेको शेयर आज युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट सूचीकृत भएको छ ।