राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

३१ असार २०८०, आईतवार १५:४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेका तीनवटा विधेयक प्रमाणीकरण भएका हुन् ।

विनियोजन विधेयक २०८०, राष्ट्र ऋण उठाउने विधेयक २०८० र आर्थिक विधेयक २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*