ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, एक वर्षभन्दा कम मुद्दती निक्षेप भने परिवर्तन

३१ असार २०८०, आईतवार १०:५१

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९।९९ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपमा ११।९९ प्रतिशत ब्याजदर दिने जनाएको छ । यस्तै, ३ देखि ६ महिनासम्मको व्यक्तिगत निक्षेपमा ९ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत निक्षेपमा ९।५० प्रतिश ब्याजदर दिने जनाएको हो ।

बैंकले बचततर्फ ग्लोबल रेमिट्यस सेभिङ एकाउन्टमा सबैभन्दा बढी अर्थात् ९ प्रतिशत, सोचेजस्तै बैंक खाता र सबै नेपाली बैंक खाता नामक बचतमा ७ प्रतिशत र ग्लोबल जेष्ठ नागरिक बचत खातामा ६ प्रतिशत ब्याजदर दिने जनाएको छ । साथै, अन्य सबै बचत खातामा ५ प्रतिशत ब्याजदर तोकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*