सुर्य प्रसाद सिलवालले राजिनामा नगरे पदबाट हटाउने तयारी, कीर्ते नागरिकता, विवादित निणर्यमाथि कठोर बन्दै अर्थमन्त्रालय

३१ असार २०८०, आईतवार १०:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल आज काठमाडौं उत्रँदैछन् । आजै अर्थमन्त्री डा. प्रकाशशरण महत भारतमा हुने अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्थमन्त्री डा. महत बुधबार मात्रै काठमाडौं आइपुग्नेछन् । त्यसो हुँदा अब सूर्य सिलवालले भेट्न चाहेको खण्डमा पनि चार दिन कुर्नुपर्नेछ । त्यसअघि सुरुवातदेखि नै अर्थमन्त्री डा. महत नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग कन्फर्ट थिएनन् । गत शुक्रबार नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशकमार्फत यसअघि अध्यक्ष सिलवालले गरेको विवादित निणर्य सच्याइसकेपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल राजिनामा गर्नै पर्ने दवावमा परेका छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार सूर्य प्रसाद सिलवालको अबको यात्रा राजिनामा नै हो । त्यसको लागि वातावरण बनाउन सुरु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डदेखि अर्थमन्त्री डा. महतसम्म सूर्य प्रसाद सिलवाल भ्रष्टाचारजन्य कार्य गरेर सरकारलाई विवादमा फसाउने व्यक्तिको रुपमा स्पष्ट किटान गरिएको र उनलाई हटाउन अब सरकार जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने निष्कर्षमा पुगेको जनाइएको छ । सूर्य प्रसाद सिलवालको नागरिकता, राहदानी र शैक्षिक प्रमाणपत्रमा उमेर विवाद सम्बन्धी विषयमा समेत अर्थमन्त्रालय थप स्पष्ट भइसकेको बुझिएको छ । स्रोतका अनुसार जन्ममिति विवाद, भ्रष्टाचारजन्य कार्य र विवादित कार्यहरु सिलवालकै डिजाइनमा भएको विषयमा अर्थमन्त्रालय स्पष्ट भएकोले पहिलो चरणमा नैतिकताको पाठ सिकाइएको छ । सिलवालले यसबाट राजिनामा नदिए थप अर्को तयारी एक्सनको तयारी समेत भइरहेको छ ।

शुक्रबारको घटना अध्यक्ष सिलवाललाई सांकेतिक रुपमा शुक्रबार राजिनामा दिन अत्यक्ष संकेत गरिएको छ । आजै साँझ काठमाडौंमा उत्रेपछि सिलवालले भोलिबाट कसरी बीमा प्राधिकरणमा उपस्थित हुने भन्ने विषयमा सम्भवतः केही कानुन व्यवसायीहरुसँग छलफल गर्नेछन् । सो आधारमा भोलि सोमबार नेपाल बीमा प्राधिकरणमा गएर आफ्नो निणर्य उल्टाउने अधिकारीमाथि कारवाही गर्ने, आफै राजिनामा दिएर हिड्ने वा लुत्रुक्क परेर नैतिकतालाई भुुलेर लुत्रुक्क परी काम गर्ने तीन मध्ये एक बाटो रोज्नेछन् । उनी लुत्रुक्क परेर पुनः प्राधिकरणमा टासिने प्रयास गरेमा पनि यस पटक अर्थमन्त्रालयले नदिने पक्षमा पुगेको विश्वस्त स्रोतले जनाएको छ । सहज राजिनामा नभए बलपूर्वक बहिर्गमनमा सिलवालको भूमिका कस्तो हुनेछ ? प्रतिक्षाको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*