प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि शुभारम्भ
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सो एकीकृत कारोबार आजदेखि शुभारम्भ भएको छ ।सम्पूर्ण मर्जर प्रकृया सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट आजबाट एकीकृत कारोबार हुँदैछ ।
दुबै कम्पनीले जेठ २६ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी मर्ज भएका हुन ।
मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने कम्पनीले जनाएको छ ।
एकिकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको सम्पुणर् हर हिसाब तथा तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुणर् बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द गरिसकेको छ ।