प्रभु लाइफ र महालक्ष्मी लाइफको तीन दिन सम्पूर्ण बीमा सेवा बन्द
२७ असार २०८०, बुधबार १४:२१
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिृकत करोबार शुभारम्भ गर्दैछ । एकीमृत कारोबार शु्भारम्भ गर्न लागेको ह्ुँदा दुवै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि असार २९ गतेदेखि असार ३१ गतेसम्म सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहने भएकोछ छ ।
बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९।६ करोड चुक्तापुँजी हुनेछ। बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्तापुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति पनि भएको छ।