टीएमएसमा समस्या आएपछि लगानीकर्ता रुष्ट
काठमाडौं । कारोबार व्यवस्था प्रणाली टीएमएसमा समस्या आएपछि आज लगानीकर्ताहरुले बजार खुलेको प्रि सेसनदेखि अहिलेसम्म समस्यामा परेका छन् ।
सबै ब्रोकरको टीएमएसमा समस्या आएपछि आज स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएन भने बजार खुलेको करिब २२ मिनेटसम्म लगानीकर्ताले सेयर किनबेच गर्नबाट वञ्चित भएका थिए । टीएसमएस खुले पनि सेयर किन्ने र बेच्ने अर्डर राख्न नपाउँदा कारोबारमा समस्या देखिएको हो।
नेप्सेले प्राविधिक समस्या देखिएका कारण कारोबार अवरुद्ध भएको जानकारी दिएको छ । पुन सुचारु भईसकेको छ।, केही समस्या देखिए हाम्रो टोलि खटिने अवस्थामा रहेको जानकारी दिएको छ ।
नियमित समयमा करिब २२ मिनेट कारोबार अवरुद्ध भए पनि कारोबार समय थप नगरिने नेप्सेले जनाएको छ। यता लगानीकर्ताहरुले भने सेयर किनेबच गर्न नपाएकोले कारोबार समय थप्नुपर्ने माग गरेका छन्।