हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट फोन हस्तान्तरण

२६ असार २०८०, मंगलवार १६:३४

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट फोन हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस भन्ने उदद्देश्यका साथ ट्राफिक प्रहरीलाई स्मार्ट फोन उपलब्ध गराएको हो ।

कम्पनीले आज ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाण्डौंमा आयोजित एक संक्षीप्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय वहादुर शाहले प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेललाई उक्त मोवाइल सेटहरु हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट काठमाण्डौं उपत्यका भित्र वढ्दो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा सो टेलिफोन सेटहरुले सहयोग पुरयाउने विश्वाश लिदैँ कम्पनीले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरीलाई सहयोग पुरयाउने प्रतिवद्दता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले कम्पनी प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त मोवाइल सेटहरुले ट्राफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्दै आगामी दिनहरुमा पनि कम्पनी र ट्राफिक प्रहरीबीचको सहकार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताएका छन् ।

कार्यक्रममा कम्पनीका वरिष्ठ कर्मचारीहरु, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*