सिडीएससीले दियो सात नयाँ ब्रोकर कम्पनीलाई क्लियरिङ मेम्बर, कुन-कुनले पाए ?
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले ७ वटा नयाँ ब्रोकर कम्पनीलाई क्लियरिङ मेम्बरु अर्थात् राफसाफ सदस्यता प्रदान गरेको छ । सीडीएससीले हिजो असार २५ गते, सोमबार ब्रोकर कम्पनीहरूलाई राफसाफ सदस्यता प्रदान गरेको हो । नयाँ ब्रोकरहरुले असार २२ गते राफसाफ सदस्यताको लागि आवेदन दिएका थिए ।
सीडीएसले सन सेन्युरिटिज, मियो सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपर्टी विजार्डलाई क्लियरिङ मेम्बर प्रदान गरेको हो ।
प्से सञ्चालक समितिको बुधबार बसेको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरिएको थियो ।
सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र ९एलओआई० दिइसकेको छ। नेप्सेले अब ती कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरीमात्रै कारोबार सदस्यता प्रदान गर्ने जनाइएको छ।