आइएमई लाइफको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १.६४ गुणा बढीको आवेदन
काठमाडौं । आइएमई लाइफको आइपीओमा ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको आवेदन परेको छ ।कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ जनाले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका आवेदन दिएका छन् ।
यो मागभन्दा १.६४ गुणा बढी आवेदन हो । यता, आइएमई लाइफ इन्सुरेन्सको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्नेछ । गोलाप्रथाबाट बाँडफाँट गर्ने क्रममा ९ लाख ६० हजार जनाले १० कित्ताका दरले आइपीओ हात पार्नेछन् । बाँकी ३ लाख ३० हजार ७४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २१ गतेदेखि आजसम्म १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।