नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

२५ असार २०८०, सोमबार १३:४०

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभा काठमाडौंको र्याडिसन होटलमा असार २४ गते सम्पन्न भएको हो ।

१९औँ वार्षिक साधारणसभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमान्डौ लगाएत देशका विभिन्न ठाउमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । साथै, यस वर्षको उद्देश्य च्याप्टर लाई सुदृढ गर्ने, संगठनात्मक दृश्यता बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने पनि समावेश थियो ।

कार्यक्रमको उदघाटन मन्त्री रमेश रिजालले गरेका थिए भने चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा अध्यक्षता गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको क्रममा, निम्न सदस्यहरूको नयाँ राष्ट्रिय गभर्निंग काउन्सिल गठन गरिएको थियोः
अध्यक्षः साहारा जोशी
तत्कालिन पूर्व अध्यक्षः रितेश लामिछाने
प्रथम उपाध्यक्षः कुशल सुन्दर श्रेष्ठ
दोस्रो उपाध्यक्षः निभिता प्रधान
महिला उपाध्यक्षः ऋचा श्रेष्ठ

कार्यकारिणी सदस्यहरुः बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ चयन भएका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*