साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त

२५ असार २०८०, सोमबार १२:१७

काठमाडौैं । आरएमडीसी लघुवित्तसँग एकीकृत कारोबार शुुभारम्भ गरेको साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् ।

संस्थाहरु एक आपसमा गाभ्ने।गाभिने सम्बन्धि गत भदौ महिनामा भएको प्रारम्भिक समझदारी पत्रको आधारमा साविकको साना किसान विकास लघुवित्तका सिईओलाई नै नयाँ सिईओ पदमा नियुक्त गरेको हो ।

साना किसान विकास र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भएर असार २४ गतेदेखि एकीकृत कारोबार समेत संचालन गरी सेकेका छन् । कम्पनीहरु एक आपसमा मर्ज भई साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*