आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिनमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका १ करोड १७ लाख कित्ताका लागि ९ लाख ४० हजार जनाले आवेदन दिएका छन् ।
कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६।९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६।९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।