हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
२४ असार २०८०, आईतवार १३:४४
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको छ ।साताको पहिलो दिन नै कम्पनीको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५०३ रुपैयाँमा भईरहेको छ।
हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको कारण पनि लगानीकर्ताको आँखा यसमा परेको छ ।वित्तिय रुपमा हेर्ने हो भने व्यवसायिक रुप र ग्रोथको रुपमा कम्पनी अग्रस्थानमा नै रहेको छ।
साविकको गुराँस लाइफ, प्राइम र गुराँस लाइफ मिलेर बनेको कम्पनी चुक्ता पुँजि जगेडा कोष, बीमा कोष र मुनाफा र व्यवसायमा अग्रस्थानमा रहेको छ