सहकारीका ऋणीको घरजग्गा धितो लिलाम गर्न नपाउने, तीन महिनासम्म पुनर्तालिकीकरण गर्न विभागको निर्देशन

२२ असार २०८०, शुक्रबार १३:४७

काठमाडौं । सहकारीका ऋणीहरुलाई सहकारी विभागले तीन महिनासम्म कर्जा पुनर्तालिकीकरणको सुविधा उपलब्ध गराएको छ । सहकारी संस्थाहरुले भटाभट ऋणीको घरजग्गा लिलाम गर्न थालेपछि सहकारी विभागले सबै सहकारी संस्थाहरुलाई आवश्यक निर्देशन दिँदै तीन महिनाको पुनर्तालिकीकरण सुविधा दिन भनेको हो । यस्तो व्यवस्थासँगै अब ऋणीहरुले तीन महिनाभित्रमा कर्जा नयाँ तरिकाले पुनर्तालिकीकरण गर्न पाउनेछन् ।

सहकारी विभागले बिहीबार एक सूचना जारी गर्दै भुक्तान गर्न बाँकी रहेको सावाँलाई तीन महिनाको समयावधिका लागि पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था उपलब्ध गराएको जनाएको हो ।

यो सुविधा गत आ.व. मा खराव ऋणीको सूचीमा नपरेका र गत आ.व. मा कर्जा पूणर्तालिकीकरणको सुविधा नलिएका ऋणीहरुको लागि मात्र भएको स्रोतको जनाएको छ ।

त्यस्तै आ.व २०७९।८० को ब्याज २०८० साउन १५ भित्रमा भुक्तानी प्राप्त भएका आ.व २०७९।८० को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने जानकारी विभागले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*