धनकुटामा व्यवसायीलाई कालोसूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलन

२१ असार २०८०, बिहीबार १२:३८

काठमाडौं । उद्योग वाणिज्य संघ धनकुटाले उद्योगी व्यापारी तथा व्यवसायीको लागि बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याज घटाउन र कालोसूचीमा राख्ने तथा लिलामी गर्ने पक्रिया रोक्न माग गर्दै आन्दोलन जारी गरेको हो ।

कोरोनाको महामारी र रुस युक्रेन युद्धले निम्त्याएको आर्थिक संकटमा परेको विश्व अर्थतन्त्र र नेपाल समेत उक्त चपेटामा परेको कारण व्यवसायीले समयमा कर्जा चुक्ता गर्न नसकेको उनीहरुको भनाई छ । ऋणको ब्याजदर घटाउन र लिलामी तथा कालोसूचीमा राख्ने काम तत्काल बन्द गर्न माग गर्दै धनकुटा उद्योग वाणिज्य संघले धनकुटाको हिले बजारमा रहेका वित्तीय संस्था र बैंकहरुमा गई ज्ञापन पत्र बुझाएको हुन् ।

बैंकको कर्जाको किस्ता रकम बुझाउन नसक्दा बैंकको चरम दबाब सहन परेको र कति पय व्यवसायीले आत्महत्या समेत गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुको भनाई छ ।

माग पुरा नभएको खण्डमा बैंक तथा वित्तीय संस्थाका कार्यालयाहरुमा धर्ना जुलुस र तालाबन्दी समेत गर्ने संघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*