एनएमबि क्यापिटलको एसआईपी इन्भेष्टमेन्टको लागि अब ई म्यान्डेट मार्फत् पेमेन्ट शेड्युल गर्न सकिने

२१ असार २०८०, बिहीबार ११:५५

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसपीआई) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी शेड्युल गरी एसआईपीमा लगानी गर्न मिल्ने भएको छ ।

एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन इ म्यान्डेट भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको एसआईपी अन्तर्गत खुलामुखी योजनाअनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्न को लाभ लिन मिल्ने गरी एसआईपीमा लगानी गर्न सकिन्छ । आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, एसआईपीमार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य बृद्धि हुँदै गएको देखिन्छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको इ म्यान्डेटमार्फत कुनैपनि किसिमको शेड्युल पेमेन्टलाई लाई एक पल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ । डाइरेक्ट डेबिट इ म्यान्डेट प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*