एसईई नतिजा आज आउँदै, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ

२१ असार २०८०, बिहीबार ११:२६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परिक्षा बोेर्डले एक सूचना प्रकाशित गर्दै एसईई नतिजा हेर्ने वेबसाइट, एसएमएस र आईभीआर सार्वजनिक गरेको हो ।

कुनै प्राविधिक समस्या नभएको खण्डमा आजै सार्वजनिक हुने बताइएको एसईई नतिजा अनलाइनबाट हेर्न केही समय लाग्छ । तर एसएमएस तथा आईभीआरबाट भने तुरुन्तै हेर्न सकिने बोर्डले जनाएको छ ।

मेसेजमार्फत नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत यसरी हेर्नसकिने छः

सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि  एसईई लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउनुहोस् ।

त्यस्तै नेपाल टेलिकमको आईभिआर मार्फत नतिजा सुन्नका लागि १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

एसएमएसबाट नतिजा हेर्ने अन्य विकल्प पनि यस प्रकार छन्

–जानकी टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न ३५००१ मा एसएमएस पठाउनुहोस् ।

–इजी सर्भिस प्रा लिबाट नतिजा हेर्न ३४९४९ मा एसएमएस पठाउनुहोस् ।

–आकाश टेक प्रालिबाट नतिजा हेर्न  ३१००३ मा एसएमएस पठाउनुहोस् ।

–क्रियसन सफ्ट नेपाल प्रालिबाट नतिजा हेर्न ३१०३४ मा एसएमएस पठाउनुहोस् ।

यी सबैमा नेपाल टेलिकमको एसएमएसमार्फत नतिजा हेरे जस्तै प्रक्रिया दोहोयाउनु पर्ने हुन्छ । एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*