नबिल बैंकको एक शाखा कार्यालय स्थानान्तरण

२० असार २०८०, बुधबार ११:४६

काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले भक्तपुरस्थित कौशलटार शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

बैंकले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ कौशलटारको शाखा कार्यालय सोही जिल्लाको सोही नगरपालिकाको वडा नम्बर ३ कौशलटारमा करिब २ सय मिटरको दुरीमा स्थानान्तरण गर्न लागेको छ ।

बैंकले शाखा कार्यालय स्थानान्तरण गरेपश्चात असार २४ गतेदेखि बैंकिङ्ग सेवा संचालन गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*