नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई ११ लाख रुपैयाँ सहयोग

१९ असार २०८०, मंगलवार १८:५१

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप अस्पताल निर्माणका लागि ११ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ।

कम्पनीले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडीस्थित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल’ लाई ११ लाख रुपियाँ बराबरको सहयोग प्रदान गरेको हो ।

भारतिय राजदुतावासको सहयोगमा निर्माण भएको उक्त अस्पतालमा मेडिकल उपकरण, औषधी लगायतको सामाग्रीहरुको अभाव रहेको थियो ।

उक्त सहयोगले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आज आयोजित एक समारोहमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार खड्काले उक्त ११ लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*