तीन बीमा कम्पनीको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाली बीमा क्षेत्रको धेरै हिस्सा ओगट्न सफल भएका तीन कम्पनीहरुको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफको रोजगारमा आजसम्म आवेदन दिन सकिने भएको छ ।
१ सगरमाथा लुम्बिनी इन्स्योरेन्स
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनियर अफिसर, असिस्टेन्ट म्यानेजर, आईटी, डिजिटल मार्केटिङमा जुनियर अफिसर लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको वेभसाइट https://salico.com.np/ मार्फत असार २० गते भित्र आवेदन दिन सक्नेछन् ।
२ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उच्च तहका ४ पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका पदमा रोजगारको अवसर खुलाएको छ । त्यस्तै, मेडी हेल्थ युनिटमा अफिसर १ जना, इन्भेष्टमेन्ट डिपार्टमेन्टमा म्यानेजर १ जना र डिजिटल सेल्समा अफिसर १ जनाका दरले कर्मचारी माग गरेको छ ।
कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले असार २० गतेभित्र कम्पनीको मानव स्रोत विभागको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
३ आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले खुलायो रिक्त रहेका ७ पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हो ।
कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना, सेमि क्वालिफाइड सिएमा केही संख्याले कर्मचारी माग गरेको छ । यसका साथै, इन्स्योरेन्सले लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभमा केही संख्या, डिजिटल मार्केटिङमा १ जना र सातै प्रदेशमा ब्रान्च म्यानेजरहरुको लागि रोजगारको अवसर खुलाएको छ ।
कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुुभवि, क्षमतावान तथा नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले असार २० गतेसम्म कम्पनीको वेभसाइट https://imelifeinsurance.com/Careers.aspx मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।