बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो, मर्जरको कारण कम्पनी र कर्मचारीको सङख्या घट्यो
काठमाडौं । गत आर्थिक बर्षको तुलनामा बीमाको दायरा १० दशमलव ६३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा ३९।९५ प्रतिशत रहेको बीमाको पहुँच एक बर्षमा बढेर ४४ दशमलव २० प्रतिशत पुगेको छ।
नेपाल बीमा प्राधिकरणले अघि सारेको मर्जरको अवधारणाको कारण यस अर्थिक बर्षमा बीमा कम्पनीहरुको कार्यालय सङख्या र कर्मचारीको सङख्या घटेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्म बीमा कम्पनीहरुको कार्यालय सङख्या १३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा ३ हजार ३ सय ३५ शाखा कार्यालय रहेको कम्पनीहरुको कार्यालय सङख्या घटेर २ हजार ८ सय ८७ पुगेको छ।
त्यस्तै, मर्जरको कारण नै बीमा कम्पनीहरको कर्मचारीको सङख्या ५ दशमलव ५० प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ११ हजार ८ सय ५१ कर्मचारी रहेको बीमा कम्पनीमा मर्जरपछि भिएफआरएस र खुम्चिएको कारण ११ हजार १ सय ९९ पुगेको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यस अवधिसम्ममा बीमा कम्पनीहरुको कुल व्यवसायिक रकम ४ दशमलव ६२ प्रतिशतले बढेका छ । कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि भएर १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।