सन नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
१९ असार २०८०, मंगलवार १४:०८
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ९६ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो । कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।