ललितपुर महानगरपालिकामा १५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन

१९ असार २०८०, मंगलवार १३:०४

काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्पर कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई तथा सिलाई तालिम संचालन गरिएको हो ।

सार्की समुदायको पुख्र्याउली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्ने उदेश्य अनुरुप तालिम संचालन गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए । तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिन समेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए ।

तालिम अनुभवि रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएका छन् । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*