सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?

१९ असार २०८०, मंगलवार १२:०५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले बोर्डबाट१ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनश शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*