हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१९ असार २०८०, मंगलवार ११:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका विभिन्न पदहरमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा १ जना कर्मचारी, फाइनान्स डिपार्टमेन्टमा र मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र सम्पुर्ण कागजातसहित कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*