रिलायबल नेपाल लाइफद्धारा प्रिमियम मूल्यमा आईपिओ बिक्री खुल्ला, २७ गतेदेखि विदेशमा रहेकाले भर्न पाउने
काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको प्रिमियम मूल्यमा आईपिओको बिक्री खुल्ला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा असार २७ गतेबाट प्रिमियम मूल्यको आईपीओ निष्काशन तथा बिक्रि खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणमा निष्काशन गर्न बिक्री खुल्ला गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।