पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निणर्य, पेट्रोल-डिजेल र मट्टितेलको मूल्य कति ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको छ । यसअघि न्यून मात्रामा घटाउँदै आएको नेपाल आयल निगमले यस पटक भारी मात्रामा इन्धनको मूल्य घटाएको हो । सरकारको निर्देशनपछि आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको हो ।
बैठकको निणर्यअनुसार साबिकको खद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ७।५० रुपैयाँका दरले घटाउने निणर्य गरेको हो । त्यस्तै दुरी अनुसार राजधानी काठमाडौंमा भने प्रतिलिटर पाँच रुपैयाँ घटाउने निणर्य भएको छ ।
त्यस्तै, साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति किलो लिटर करिब रु. १५००) ले घटाइएको छ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य १८०० अर्थात यथावत नै रहेको छ ।