कृषिमन्त्री देखि कृषकहरुले गरे कृषि बीमाबारे छलफल, स्थानीय तहबाटै सम्पूर्ण सेवा लिने व्यवस्था मिलाउन कृषकको सुझाव
काठमाडौं। कृषि मन्त्री देखि कृषकहरुको संयुक्त भेलामा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।काठमाडौंको होटल रोयल सिंगिमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रालयका अर्थमन्त्रीदेखि कृषकहरुले कृषि बीमाको समयसमायिक बिषयमा छलफल गरेका थिए । कार्यक्रममा कृषि बीमा, वर्तमान अवस्था, यस्का समस्या र समाधानको पाटोको बिषयमा छलफल सम्पन्न भएको छ।
कार्यक्रममा कृषि बीमाको अवस्थाबारे प्रकाश पार्दै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील सुवेदीले कृषि बीमा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा कृषि बीमाको वर्तमान अवस्थाबारेमा तथ्यांक सहित कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृषकहरुले कृषि बीमा र दाबीको अभ्यास स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिएका छन् । बाराका केरा खेती गर्ने कृषकहरुले एक बीमा कम्पनीले बीमा गर्न पन्छिएको भन्दै गुनासो गरेका छन् ।
कृषि बीमाको ठूला ठूला कुरा काठमाडौंको तारे होटलमा गर्ने तर कृषकको मर्म नबुझने बीमा कम्पनीलाई नियमनको दायरामा ल्याउनुपर्ने कुरामा ध्यानाकर्षण रह्न आग्रह समेत गरेका थिए । कृषकको बीमा नगराउने भए कृषि बीमाको प्रचार मात्रै किन गर्ने भन्दै रुष्ट बनेका थिए।
त्यस्तै, कृषकहरुले मौसममा आधारित कृषि बीमा, केरा खेतीको पोलिसी संसोधन गनुपर्ने पक्ष, कृषि बीमाको भएको ढिलाई, कृषकले चाहेको जस्तो बीमा पोलिसी नभएको, महामारीको बीमा,पाईलट बीमामा अनुदान नपाएको गुनासो , किसानहरुलाई पनि वर्गीकरण गनुपर्ने बिषयमा कृषि मन्त्रालय र प्राधिकरणलाई सुझाव दिएका थिए।
राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि बीमा कृषकको हितको लागि ल्याइएको कार्यक्रम हो भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई व्यविस्थत ढंगबाट लैजाने आश्वासन दिएका थिए।
कृषि मन्त्रालयका सचिव डा। दीपक कुमार खरालले कृषि बीमा वृद्धभत्ता जस्तो भएको बताएका छन् । सरकारले कृषिमा भएको रिक्सको बीमा गराएर कृषक सुरक्षित गर्ने हेतुले ल्याएको अनुदान आश्रय नै बनेको बताए ।
त्यस्तै, उनले कृषि बीमामा विचौलीया र यसमा हुने गरेको विकृती रोक्न बीमा प्राधिकरणले आवश्यक चाल्ने बेला आएको कार्यक्रममा बताए ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावलले कृषि बीमा कार्यक्रम ल्याएको १० बर्ष भईसकेको र यस अवधिसम्ममा गरेका कामहरुको बिषयमा रिभ्यू गरेका थिए । उनले कृषि बीमालाई थप प्रभावकारीताका साथ लैजान कृषि मन्त्रालयको उचित समन्वय जरुरी रहेको बताए ।उनले कार्यक्रममा साना कृषक सम्क्ष पुग्दा अझ कृषि बीमाको प्रभावकारी थप बढ्ने अपेक्षा गरेको बताए ।
त्यस्तै, उनले कृषि मन्त्रालयलाई कृषि बीमाबाट लाभान्वित भएका कृषकहरुको अध्ययन गर्नु जरुरी रहेको बिषयमा सुझाव दिएका छन् । सरकारले कृषि बीमामा बजेट छुट्याउने मात्रै नभई त्यसबाट कतिले लाभ लिए भने अध्ययन गर्नु समेत जरुरी रहेको बताए ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कृषि बीमाको अनुदानको बिषयमा सधै सरकारको मुख ताकेर नहुने भन्दै कृषकहरुलाई सुझाव दिएका थिए ।
उनले कार्यक्रममा कृषकहरुलाई बीमाको आफनो टर्म एण्ड भ्यालु हुन्छ । उक्त दायरा भित्र रहेर बीमा गराउनुपर्ने हुन्छ । बीमाले कभर गर्ने रिक्स भन्दा बाहिर गएर बीमा गर्न नसक्ने कार्यक्रममा बताए । कृषककले पनि बीमाको टर्मलाई बुझेर बीमा गर्न सुझाव दिए । बीमा कम्पनीहरुलाई मात्रै दोष थुपार्ने काम गर्न कृषकहरुलाई उनले आग्रह समेत गरे । उनले बीमाको पहुँच विस्तारमा लाग्ने कुरामा विश्वस्त रहेको जानकारी दिए ।