भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

१७ असार २०८०, आईतवार १७:३५

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची घटाएर पठाएको छ ।

आइओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । यस्तै मट्टितेल लिटरमा ५ पैसा बढेर आएको छ। त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

आइओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सो अनुसार आइओसीले १५ दिनअघिको तुलनामा शनिबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*