काठमाडौं जिल्ला अदालतका कर्मचारी आन्दोलित, १ बजेसम्म सबै सेवा ठप्प

१७ असार २०८०, आईतवार १०:४३

काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका कर्मचारीहरुल आज काम रोकेर आन्दोलनमा उत्रिएका छन् । केही दिन पहिले पाटनमा अदालतका कर्मचारी कुटिएको विरोधमा आज काठमाडौं जिल्ला अदालतमा सबै कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन् ।

उनीहरुले तारेख तथा पेशी तोक्ने कार्यमा सर्वसाधारणले दुःख नपाउन भनेर अपरान्ह १ बजेदेखि भने सेवा सुचारु गर्ने जनाएका छन् । काठमाडौं जिल्ला अदालतमा पुगेका बीमापोष्ट प्रतिनिधिले आन्दोलनका कारण सबै काम ठप्प भएको जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*